nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

बिहान खाली पेटमा खानुहोस् यो एक चिजः पेट राम्रोसँग सफा हुने, दाँत पनि बलियो

sesame-1612232098.png

उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको तिल चपाउँदा पेट राम्रो तरिकाले सफा हुन्छ ।  साथै दाँत र गिजा पनि बलियो हुन्छन् । 

दाँतका लागि ब्रस गर्नु मात्रै पर्याप्त छैन । दाँत र गिजालाई स्वस्थ राख्नका लागि अन्य केही विकल्प पनि अपनाउन आवश्यकता छ । क्याल्सियमयुक्त खानाले दाँत र गिजालाई बलियो बनाउँछ । 

भारतकी आयुर्वेदिक मसाज थेरापिस्ट निती शेठले इन्स्टाग्राममा आफ्नो एउटा पोस्टमा तिलका गुणबारे बिस्तारसँग बताएकी छिन् । 

शेठका अनुसार बिहान बिहानै भुटेको तिल चपाउँदा दाँत र गिजा बलियो हुन्छ । उनले लेखेकी छिन्, ‘तिल चपाएपछि मञ्जन वा पाउडर बिना नै एकपटक पुनः दाँत ब्रस गर्नुहोस् ।’

एक शोधमा पाइए अनुसार तिलमा क्याल्सियम भरपुर मात्रामा पाइन्छ जसले दाँत र गिजा वरिपरिका हड्डीलाई सुरक्षित राख्छ । यसले दाँत वरिपरि जमेको फोहोर हटाउने काम पनि गर्छ । 

तिल खानुका अन्य फाइदाः

बिहान बिहानै भुटेको तिल चपाउँदा कलेजो र पेट ठिक हुन्छ र पाचन तन्त्रमा सुधार आउँछ । शेठले लेखेका छन्, ‘ओरल हेल्थ हाम्रो दिनको महत्वपूर्ण हिस्सा हो । यो हाम्रो दाँत र गिजाका लागि मात्रै होइन यो पाचन तन्त्र, अंग र तन्तुलाई स्वस्थ राख्नका लागि पनि आवश्यक छ ।’

शेठ भन्छिन्, ‘तिल एक चमत्कारिक आयुर्वेदिक दाना हो । तिलले हड्डी, दाँत र कपाललाई बलियो बनाउन मद्दत गर्छ । यो कब्जियतका लागि पनि फाइदाजनक छ । तिलले सुख्खा खोकीमा पनि राहत प्रदान गर्छ ।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)