Thursday, 25th June, 2026
वि.स.

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

chituwa_-1615427320.jpg

बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् । 

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार  साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई   चितुवाले आक्रमण गरेको थियो ।   

साथमै रहेको छोरालाई  चितुवाले आक्रमण  गरेपछि  बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो  । चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समाते पछि दुवै जना चितु्वामाथि जाइलागेको  बताए  । 

चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने  चितुवासँग भिड्दा बाबा र  आमालाई सामान्य चोट लागेको   डिभिजन वन कार्यालयले  जनाएको छ ।

-गोरखापत्र दैनिक



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०