nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशको ६ महिनाको खर्च १६ प्रतिशत

bagmati-1611813101.jpg

बागमती प्रदेशमा बर्सेनि बजेटको आकार बढाइए पनि खर्च गर्ने क्षमतामा भने वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७७र०७८ को ६ महिनामा बजेट खर्च १६ दशमलव १९ प्रतिशत मात्र रहेको छ ।

अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवस्थासँग तुलना गर्दा यस वर्ष खर्चमा केही सुधार भएता पनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन । गत वर्ष ६ महिनामा ९ दशमलव १० प्रतिशत मात्र खर्च भएको थियो । यस वर्ष कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले पुस मसान्तसम्म ८ अर्ब ३२ करोड ६९ लाख ६३ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ । पूँजीगत खर्च त झनै निराशाजनक रहेको छ । कुल २५ अर्ब ३१ करोड ३५ लाख ७९ हजार रुपैयाँ पूँजीगत खर्चको अनुमान गरिएकोमा ६ महिनाको अवधि बितिसक्दा पनि ३ अर्ब २५ करोड २९ लाख १३ हजार रुपैयाँ अर्थात १२ दशमलव ८५ प्रतिशत मात्र खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालुतर्फको खर्चको प्रगति भने १७ दशमलव ८२ प्रतिशत रहेको छ । कुल २५ अर्ब ११ करोड ३९ लाख १५ हजार रुपैयाँ चालु खर्च छुट्याइएकोमा पुस मसान्तसम्ममा ४ अर्ब ४७ करोड ४० लाख ५० हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रदेशको आम्दानीको अवस्था भने सन्तोषजनक नै देखिएको छ । अघिल्लो वर्षको राजस्व बचतबाट १६ अर्ब ५६ करोड रुपैयाँ सरेर आएकाले आम्दानीको प्रतिशत बढेको देखिएको छ । ६ महिनामा कुल आम्दानी अनुमानको ६१ दशमलव १९ प्रतिशत लक्ष्य हासिल भइसकेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । ५१ अर्बको अनुमानमा ३१ अर्ब ४७ करोड १ लाख रुपैयाँ जम्मा भइसकेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताए । कारोबार दैनिकबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)