nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फागुन ४ गते सरकारसंग वार्ता, आन्दोलन जारी रहने

स्थानीय तह कार्यान्वयन हुँदा स्थानीय निकायका कर्मचारीहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका कर्मचारीहरूलाई वार्तामा आउन सरकारले आव्हान गरेको  छ । ३ फागुनमा मौखिम रुपमा वार्तामा बस्न सरकारले अनुरोध गरेको स्थानीय निकाय कर्मचारी संगठन नेपालका ३ नम्बर प्रदेश अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । विकासखबर डट.कम.संग कुराकानी गर्दै अध्यक्ष पोखरेलले भने–‘सरकारको मौखिक अनुरोधमा पनि वार्तामा बस्छौं तर आन्दोलन स्थगित हुँदै झन कडा रुपमा अघि बढ्छ ।’ ‘माग सम्बोधन भएपछि मात्र स्थगिगत हुन्छ’–अध्यक्ष पोखरेलले भने । 

आन्दोलनका कारण मकवानपुरको थाहा नगरपालिकामा पनि कामकाज पनि ठप्प नै छ । केन्द्रीय कार्यक्रम अनुसार कामकाज ठप्प पारिएको नगरपालिका कर्मचारी एशोसियसन थाहा नगरपालिका इकाइ अध्यक्ष सुदर्शन पहेलीले बताए । स्थानीय निकाय कर्मचारी संघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएन, स्थानीय निकाय कर्मचारी यूनियन र गाविस कर्मचारी संघले संयुक्त हडताल गरिरहेका छन् । १ फागुनदेखि स्थानीय निकायका कर्मचारीहरुले कामकाज नै ठप्प पारी आन्दोलन गरिरहेका छन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय कार्यान्वयन गर्न संक्रमणकालीन गठन आदेशको मस्यौदा तयार गरेको छ । आदेशमा स्थानीय निकायका बरिष्ठ कर्मचारीलाई कनिष्ठ निजामति कर्मचारीमातहत राख्ने व्यवस्था भएको आरोप ट्रेड युनियनहरूले लाउँदै आएका छन् । अस्थाई, करार र ज्यालादारी कर्मचारीबारे पनि कुनै व्यवस्था नगरेको आरोप लगाएका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)