Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्राधिकरणका कर्मचारी सरुवाः पालुङ वितरण केन्द्रका १० जना पनि सूचीमा परे

नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका ३७ जना कर्मचारीको सरुवा भएको सहायक निर्देशक सिताराम तखासेले जानकारी दिए । उनले प्राधिकरण वितरण केन्द्र पालुङका १० जना परेको तखासेले बताए । उर्जा मन्त्रालयको उज्यालो अभियानमा असहयोग हुने र कर्मचारीकै मिलेमतोमा विद्युत चोराउने काम भएपछी धेरैजसो कर्मचारीको सरुवा गरिएको बुझिएको छ । 

सरुवामा परेका प्राधिकरणको हेटौडा बितरण केन्द्रका ३७ जना कर्मचारी मध्येमा तीन बर्ष भन्दा बढी एउटै कार्यालयमा बसेर काम गरेका कर्मचारीको सरुवा गरिएको हो । विद्युत प्राधिकरणमा एउटा कार्यालयमा तीन वर्षसम्म मात्र सेवा गर्न पाईने नियम छ ।सरुवा हुनेमा धेरैजसो मिटर रिडर, ईलेक्ट्रिसियन, सुपरभाईजर, प्राविधिक, प्रशासन र लेखाका कर्मचारी छन् ।

अन्तरगतका नारायणी अंचलका पाँच जिल्लाका बिभीन्न वितरण केन्द्रबाट मात्र २ सय ९० जना कर्मचारीको सरुवा गरिएको सहायक निर्देशक तखासेले बताए । सरुवाको लिष्टमा बिरगन्ज बितरण केन्द्रका ५४ जना, टाँडी बितरण केन्द्रका ३७ जना, गौर बितरण केन्द्रका ४० जना, सिमरा बितरण केन्द्रका २४ जना, भरतपुर बितरण केन्द्रका ५६ जना र कलैया बितरण केन्द्रका ३२ जना कर्मचारी रहेको उनले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०