nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रशासनको निषेधाज्ञा मिच्दै, वडाको अर्काे सार्वजनिक सूचना 

जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलंघन हुने गरि थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै सार्वजनिक सूचना जारी गरेकाे छ । 

वडाध्यक्ष सनम सिं मुक्तानद्वारा जारी सुचनामा जिल्ला प्रशासन कार्यालय कै निषेधाज्ञाको उलंघन हुने गरि जारी भएको हो । जिल्ला प्रशासनले गत बैशाख ३० गते जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु (खाद्यान्न, अन्न, दूध, फलफुल, तरकारी, माछामासु) बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था छ । तर, वडा कार्यालयले किराना पसल विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ बजेदेखि साढे ७ बजेसम्म खोल्न आदेश गरेको छ । "व्यवहारिक विषय एक पक्षीय कुरा हो तर, माथिल्लो निकायको आदेश उलंघन गरि सुचना जारी गर्नु हास्यास्पद मात्र नभइ कानुन कै उलंघन भएको हो ।" एक सरकारी अधिकारीले भने ।

वडाले पनि बैशाख ३० गतेकै मितिमा सूचना जारी गरेको देखिन्छ तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस अगाडि पनि सोही बमोजिम कै सूचना जिल्ला भर कार्यान्वयनका लागि सुचित गरेको थियो । थाहानगरमा ३ जेठसम्म कोरोना संक्रमितको संख्या २ सय २४ पुगिसकेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)