nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

prachanda-deuba-upendra_4-1615338208.jpg

शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् ।

जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको छ ।

ओलीले महन्थ ठाकुरसँग गरेको भेट, ठाकुरले सत्ता साझेदारीका विषयमा छलफल गर्न लक्ष्मण लाल कर्ण  र सर्वेन्द्रनाथ शुक्ललाई दिएको जिम्मेवारी लगायतले जसपाभित्र हलचल ल्याएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ठाकुर र राजेन्द्र महतोको भूमिकाबाट सशंकित भएका छन् ।


-अन्नपूर्ण पोष्ट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)