nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्देश्यीयको साधारणसभा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष पोखरेल उद्घाटन गर्ने

मकवानपुर स्थित थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा २० असोजमा हुँदैछ । साधारणसभाको राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष रमेश प्रसाद पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

साधारणसभामा सञ्चालक समितिको तर्पmबाट अध्यक्ष बिमलकुमार ढकालको प्रतिवेदन सम्बन्धमा, आर्र्थिक वर्ष २०७३।०७४ सालको लेखापरिक्षण प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, लाभांश वितरण गर्ने, आर्थिक वर्ष आ.व.०७४।०७५ को लेखापरिक्षण नियुक्ति र पारिश्रमिक तोक्ने, कोषहरु खर्च गर्ने,  माइन्यूट सदर गर्ने र विविध सम्बन्धमा छलफल हुने सचिव विष्णु प्रसाद ढकालले जानकारी दिए । 

साधारणसभामा विशेष प्रस्तावको रुपमा विनियम संसोधन सम्वन्धमा छलफल हुने सचिव ढकालले जानकारी दिए । 

सहकारीको साधारणसभामा आफ्ना सम्पूर्ण शेयरधनी सदस्यहरुलाई उपस्थिति हुन संस्थाले अनुरोध गरेको छ । साधारणसभा २० असोज विहान १० बजे संस्थाको प्राङ्गण थाहा–४ थानाबजारमा हुनेछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)