Tuesday, 25th August, 2026
वि.स.

पार्टी एकीकरण् बारे माओवादीको यस्तो छ बार्गेनिङ

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले एमालेले सबै आफूमात्रै हुन्छु तपाईं आउनुस् भनेको खण्डमा पार्टी एकता नहुने बताए ।‘सबै ममात्रै भन्यो भने पार्टी एकता हुँदैन, जनादेशलाई स्वीकार गर्नुपर्छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, र पार्टी अध्यक्ष र संसदीय दलको नेतासहित सबै पद एउटै पार्टीले दिने हो भने त्यसको के महत्व हुन्छ ?’ नेता पौडेलले थपे, ‘त्यो भनेको विलय गर्नु हो, तर माओवादी र एमालेको सांगठनिक धरातल एउटै छ, एकता गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीमध्ये एउटा जिम्मेवारी लिनुपर्छ, छोडेको प्रचण्डले जिम्मा लिनुहुन्छ ।’

नेता पौडेलले माओवादी र एमालेबीचमा भएको सम्झौताको आधारमा अघि नबढे मुलुकको समृद्धि सम्भव नरहेको स्पष्ट पारे । उनले भने,’जनताले हामीलाई पाँच वर्षको लागि स्थिर सरकार र पार्टी एकताका लागि भोट दिएका छन्, त्यसैले यसबारेमा नेतृत्वले बुझ्नुपर्छ, हाम्रो पार्टी यसमा गम्भीर छ, एमाले पनि गम्भीर बन्नुपर्छ ।’

नेता पौडेलले माओवादी केन्द्रले जवज नमान्ने र एमाले पार्टीले माक्र्सवादी नमान्ने स्पष्ट भएकाले असहमतिका मुद्धालाई थाँति राखेर महाधिवेशनमा पारित गर्ने गरी पार्टी एकता गर्न सकिने बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif