Wednesday, 16th September, 2026
वि.स.

पाँच कक्षासम्मका सबैलाई खाजा

school-1590733745.jpg

सरकारले कक्षा पाँचसम्म पढ्ने मुलुकभरका सबै सरकारी विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७।७८ को वार्षिक बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।

मुलुकभरका २८ हजार सरकारी विद्यालयमा पढ्ने कक्षा पाँचसम्मका २८ लाख विद्यार्थीले यस्तो सुविधा पाउनेछन्। दिवा खाजा कार्यक्रमका लागि ७ अर्ब ५२ करोड रुपैयाँ रकम विनियोजन गरिएको खतिवडाले बताए। सरकारले यसअघि ४३ जिल्लाका सरकारी स्कुलका कक्षा ५ सम्मका विद्यार्थीलाई मात्र दिवा खाजा दिँदै आएको थियो।

४३ जिल्लाका २१ लाख बालबालिकालाई यो सुविधा दिइएको थियो। कार्यक्रम कार्यान्वयनका लागि ६ अर्ब ६२ करोड रुपैयाँ छुटयाइएको थियो। उपत्यकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका लागिसमेत यो कार्यक्रम आवश्यक रहेको तर्क शिक्षा मन्त्रालयले अर्थ मन्त्रालय समक्ष गरेको थियो।

राजधानीका विद्यालय भनिए पनि अधिकांश विद्यार्थी उपत्यका बाहिरका रहेका र गरिब तथा मजदुर परिवारको रहेकाले त्यस्ता विद्यार्थीलाई यस कार्यक्रम आवश्यक रहेको शिक्षा मन्त्रालयको तर्क थियो। दिवा खाजाअन्तर्गत हरेक विद्यार्थीलाई वार्षिक एक सय ८० दिन गणना गरेर दिइन्छ। एउटा विद्यार्थीलाई प्रतिदिन १५ रुपैयाँबराबर हुन आउने गरी खाजा खुवाइने गरिएको छ। यस्तो खाजा स्थानीय स्तरमै उपलब्ध हुने तथा विश्व खाद्य कार्यक्रमले तोकेको परिमाणमा पोषण तत्वयुक्त हुनुपर्ने छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif