Saturday, 6th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

पहिलाे खेल शिखर क्लवकाे जीत (फाेटाे सहित)

दोस्रो थाहा दिवस तथा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु भएकाे छ। फरक सोचको आयोजनामा थाहानगरको सेतिगणेश निमाविमा संचालन भएकाे प्रतियाेगिताकाे छनाैट चरणकाे पहिलाे खेल शिखर क्लव र श्रृजनशिल यूवा क्लव बिच भएकाे छ । थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश के.सीले उद्घाटन गरेकाे छन् ।  उक्त प्रतियाेगीताकाे पहिलाे खेलमा  शिखर क्लवले २२–२५, २५–१८  र १५–८ को अन्तरले  जीत हासिल गरेकाे छ । शिखर क्लव, दम्की युवा समूह, श्रृजनशिल युवा क्लव, वागेश्वरी युवा क्लव, पुःपु म्हेन्दाे क्लव र बज्रवाराहि मा वि प्रतियाेगीतामा सहभागी भएका छन् । 

 यसै बिच अाज छनाैट चरणकाे ६ खेल मध्ये दम्की यूवा समूह र वागेश्वरी यूवा क्लवकाे खेल १२ वजे पश्चात शुरू हुने र अाजै अब ५ वटा खेल हुने प्रतियाेगीताकाे संयाेजक मनाेज रायमाझीले जानकारी दिनुभयाे ।