nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नायिका रेखा थापा राप्रपामा प्रवेश, भन्छिन्-‘कमल थापाको ठूलो फ्यान हुँ’

 

काठमाडौंः नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छिन्। सोमबार काठमाडौंको इन्द्रेणी फुडल्याण्डमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले नायिका रेखालाई पार्टी सदस्यताको प्रमाणपत्र दिनुका साथै माला लगाएर पार्टी प्रवेश गराएका हुन्।

राप्रपामा प्रवेश गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै नायिका थापाले आफू हिन्दूबादी नारी भएको बताइन्। उनले आफूले हिन्दू धर्म र राष्ट्रियताका विषयमा आफूले धेरै पहिलेदेखि नै खरो रुपमा कुरा उठाउँदै आएको स्पष्ट पार्दै नायिका थापाले आफू नेपाली जनता, समर्थक तथा सुभेच्छुकहरुको सल्लाहमै राप्रपालाई रोजेको बताइन्।

‘जनता, दर्शक, सुभेच्छुकहरुले मलाई भन्ने गरेका छन्, रेखा नायिका मात्रै होइन हिन्दू धर्म र राष्ट्रियताको कुरा उठाउने केटी हो,‘उनले भनिन्,‘म एउटा हिन्दू राष्ट्रवादी केटी हुँ।’  उनले आफ्नो वास्तविक घर राप्रपा नै रहेको बताइन्। यसअघि नेकपा माओवादी केन्द्रमा आफू जनलहर र नयाँ सोचलाई स्थान दिनुपर्छ भन्ने हिसावले गएपनि आफूले पार्टीको सदस्यता नलिएको दाबी नायिका थापाले गरिन्।

उनले भनिन्,‘ कसैलाई म माओवादीमा रहँदा सदस्यता लिएकी थिएँ भन्ने भ्रम छ भने आजैदेखि हटाइदिनुस्। मैले अहिलेसम्म कसैको सदस्यता लिएको थिइन्। मेरो बास्तविक घर यही हो, मेरो विचार मिल्ले पार्टी राप्रपा हो। आजैबाट यसको सदस्यता लिएकी छु।’ उनले आफू हिन्दूबादी नारी भएकाले राप्रपा नै रोजेको स्पष्ट पारिन्। उनले भनिन्,‘हिजो कुनै पार्टीमा प्रवेश गर्दा पनि मैले सदस्यता लिएकी थिइनँ। सायद राप्रपाकी छोरी थिए त्यतिबेला नै।’ 

आफू अबसरवादी भएर राप्रपामा प्रवेश नगरेको भन्दै नायिका थापाले आफू हिन्दू राष्ट्र र राष्ट्रियताका लागि लडिरहने बताइन्।
उनले भनिन्,‘म कहिल्यै अबसरवादी छैन। मेरो रगत रगतमा हिन्दूत्व छ। हिन्दू राष्ट्र छ र राष्ट्रियताका पक्षमा लडिरहन्छु।’ उनले लाखौं दर्शक, आफन्त र सुभचिन्तकहरुकै सल्लाह अनुसार नै राप्रपामा आएको बताइन्।

उनले आफ्नै आत्माले निर्णय गरेर आत्मसन्तुष्टिका लागि राप्रपा रोजेको बताइन्। उनले भनिन्,‘मलाई कसैले लोभ लालच देखाएर, फकाएर पार्टीमा बोलाएको होइन। हिन्दू नारी भएकाले राप्रपा रोजेकी हुँ।’ नायिका रेखाले आफू राप्रपामै रहेर मर्न चाहेको बताइन्। उनले भनिन्,‘यो मेरो पहिलो र अन्तिम पार्टी हो। म हिन्दूबादी नारी हो। त्यसैले म नेपाल राष्ट्र र राप्रपाको झन्डा ओढेर मर्न चाहन्छु।’
‘कमल थापाको ठूलो फ्यान हुँ’

नायिका रेखा थापाले कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाको प्रशंसामा थुप्रै समय खर्चेकी थिइन्। उनले आफूले राजनीतिमा चासो राख्न थालेपछि आफू कमल थापाको ठूलो फ्यान भएको बताइन्। उनले कमल थापालाई ‘हिम्मतवाला’ को उपमा दिइन्। उनले भनिन्,‘कुनै बेला ठूलो जनलहर एकतिर थियो। उहाँ (कमल थापा) एक्लै लडिरहनु भएको थियो। आफ्नो विचारमा अडिग हुनुहुन्थ्यो। उहाँलाई फिल्मी भाषामा भन्दा म ‘हिम्मतबाला’ भन्न चाहन्छु।’     courtsey : annapurnapost.com 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)