nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नातिनी बलत्कार गर्ने हजुरबाउलाई आजीवन कारावास

jail-1616029603.jpg

आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।

त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको भन्दै परिवारबाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

-अन्नपूर्ण पोस्ट्



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)