Wednesday, 26th August, 2026
वि.स.

धार्मिक महोत्सवः हेटौंडामा पत्रकार सम्मेलन २ बजे

विद्यालयलाई राष्ट्रकै नमुना विद्यालय एवं क्याम्पस संचालनका लागि मकवानपुरको थाहा नगरपालिकामा हुन लागेको ‘मकवानपुर थाहा बज्रवाराही शैक्षिक तथा धार्मिक महोत्सव’ को विषयमा हेटौंडामा पत्रकार सम्मेलन हुने भएको छ । 

पत्रकार सम्मेलन मंसीर २२ गते दिउँसो २ बजे नेपाल पत्रकार महासंघको सहभाहलमा हुने प्रचार प्रसार संयोजक निराजन गोपालीले जानकारी दिए । महोत्सव २०७३ पौष १५ देखि २२ गतेसम्म थाहानगरको बज्रवाराही उच्च माविमा आयोजना हुने जनाइएको छ ।

महोत्सव संचालनका लागि महेश्वर सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ । बज्रवाराही उच्च माविको प्राङ्गणमा हुने महोत्सवमा गोविन्द शरण महाराजजी तथा मीरादेवीबाट शालिग्राम पुजा अर्चाना, विराट धनधान्य महापर्व, राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन, श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ, योग शिविर एवं शैक्षिक पुस्तक, पुजा सामाग्रीको प्रदर्शनीलगायतको कार्यक्रम रहने संयोजक गोपालीले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif