nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

देशभर एक लाखभन्दा बढी बिरुवा रोपिए

biruwa-1624936449.gif

राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा १४ असारमा देशभर एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । वन तथा वातावरणमन्त्री कृष्णगोपाल श्रेष्ठले बूढानीलकण्ठ नगरपालिकाको रुद्रमती÷धोबीखोला करिडोरमा सोमबार असारे बिरुवा रोपेर राष्ट्रिय वृक्षरोपण दिवसको शुभारम्भ गरेका थिए ।

रुद्रमती करिडोरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रोपिएका बिरुवालाई हुर्काउन सके सहरको प्रदूषण कम हुने र सहरी सौन्दर्य सुधार गर्न सकिने विचार व्यक्त गरे । 

त्यस अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव डा। पेमनारायण कँडेलले मन्त्रालयले घना बस्ती भएका सहर बजारमा वातावरणीय स्वच्छता कायम गर्न र सहरी सुन्दरताका लागि सहरी वन विकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बूढानीलकण्ठ नगरपालिका र रुद्रमती हरियाली उपभोक्ता समितिको सहकार्यमा करिब पाँच किलोमिटर क्षेत्रको नदी किनार दायाँबायाँ कपुर, चाँप, धूपी, करवीर, टेकोमा, कल्की, असारे, चेरी, ज्याकाराण्डा लगायतका करिब तीन हजार २५० वटा बिरुवा रोपिएको बताए । 

गोरखापत्रबाट