nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा सक्रिय युवाक्लब गठन

थाहा नगरपालिका वडा नं. ४ किटेनीमा थाहा सक्रिय युवाक्लब गठन भएको छ । गणेश लामाको अध्यक्षतामा गठन भएको क्लबको उपाध्यक्षमा सुशन अधिकारी, सचिव रामहरी स्याङ्तान , कोषाध्यक्ष अप्सरा केसी, सदस्य अविराज गणेश नेपालीलगायत रहेका छन् ।

४ नम्बर वडा सदस्य रवी विष्टको विशेष उपस्थितीमा क्लब गठन भएको हो । नव गठित क्लबले सामाजिक काम गर्ने लक्ष्य लिएको छ । क्लबले स्थानीय तह लगायतका नियकाहरुबाट प्राप्त बजेटबाट संचालन गरिने विकास निर्माणलाई पारदर्शी ढंगबाट काम सम्पन्न गर्नको लागि सघाउने अध्यक्ष लामाले जानकारी दिए ।