Sunday, 11th April, 2021
वि.स.

थाहा पोलिटेक्निकका प्रिन्सिपल बसौलाले आफन्तीलाई जागिर खुवाए 

pradip-raj-1611976810.jpg

मकवानपुर थाहा नगरपालिकाको चित्लाङको थाहा पोलिटेक्निक इन्टिच्युटका प्रिन्सिपलले आफ्नै नशनातकाो कर्मचारी भर्ती गरेको खुलेको छ । पोलिटेक्निक इन्टिच्युटका प्रिन्सिपल प्रदीपराज बसौलाले जेठीसासु, बुहारी, काका, भाईलगायतलाई करारमा नियुक्ति गरेको सेन्टरखबर डटकमले समाचार लेखेको छ ।
प्राविधीक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटीइभीटीद्धारा सम्बन्धन प्राप्त उक्त पोलिटेक्नीकमा प्रिन्सीपल प्रदीपराज बसौलाले तालिम केन्द्रको स्तरोन्नती र गुणस्तरीयताका लागि ध्यान नदिने तर आफन्तहरुलाई जागिर खुवाउने भर्तिकेन्द्र बनाएको आरोप छ ।
प्रिन्सिपल बसौलाले उनले प्रशासनमा आफ्नो जेठीसासु कोपिला पहाडीलाई, स्टोरमा बुहारी रिता गैरे बसौलालाई नियुक्ती गरेका छन् भने त्यस्तै लेखामा दिपेश पौड्याल, कार्यालय सहयोगीमा पुष्प बसौला, आशिंक शिक्षकमा प्रमोदराज बसौला नियुक्ती गरेका छन् । 
लेखाका पौड्याल प्रिन्सीपल बसौलाका नजिकका आफन्त हुन् भने कार्यालय पुष्प बसौला काका हुन् । यस्तै आशिंक शिक्षक प्रमोद बसौला भाई हुन् भने कार्यालय सहयोगी रुखबहादुर थापा र चालक पिटबहादुर श्रेष्ठ पनि उनका आफन्त हुन् ।

–सेन्टरखबर डटकमबाट