Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरपालिकामा कर्मचारी चाहियो !

मकवानपुरको थाहा नगरपालिकामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम यस कार्यालयमा एक जना सूचना प्रविधि अधिकृत पदका लागि दरखास्त आव्हान भएको छ । नगरपालिकाले २३ कार्तिकमा उक्त पदका लागि १५ दिने म्याद राखी सूचना प्रकाशन गरेको हो । 

आव्हान भएको उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Informatation and Communications  Technologies  वा सो सहरको विषयहरु मध्येबाट कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCIS, BEIT, BSc, CSIT)  को उपाधि हासिल गरेको हुनुपर्नेछ ।

नगरपालिकामा व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरु, अनुभव भए अनुभवको प्रमाणपत्रहरु तथा अन्य कागजातहरु सहित निवेदन दिन सकिने सूचनामा उल्लेख छ । निवेदन दिदा रु. १००० आवेदन शुल्क तोकिएको छ 
आवेदन परेकाहरु मध्येबाट सर्ट लिष्ट प्रकाशन पश्चात मात्र परीक्षाको मिति तोकिने सूचनामा उल्लेख छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif