Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहा दिवसको अवसरमा उत्तरी क्षेत्र स्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु

दोस्रो थाहा दिवस तथा थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । फरक सोचको आयोजनामा थाहानगरको सेतिगणेश निमाविमा प्रतियोगिता संचालन हुन लागेको हो । थाहा दिवसको अवसरमा फरक सोचले साताव्यापी कार्यक्रम संचालन गरिरहेको छ । 

अहिलेसम्म थाहानगर स्तरीय अन्तर मावि वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिसकेको छ । त्यस्तै २५ पौषमा खुल्ला महलिा पुरुष दौड प्रतियोगिता आयोजना गरेको छ । दौड महिलातर्फ ३ किलो मीटर र पुरुष ५ किलो मिटरको दुरीमा प्रतियोगिता हुने फरक सोचका संयोजक यादव जंग रायमाझीले जानकारी दिए । 

त्यस्तै पौष २६ गते विभिन्न प्रतियोगिताको पुरस्कार वितरण तथा थाहा दिवस विशेष समारोको आयोजना हुने रायमाझीले बताए । थाहा दिवसको अवसरमा विभिन्न विधामा सम्मान गरिने समेत कार्यक्रम रहेको छ । 
 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg