nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर र राक्सिराङले मात्र गर्यो हिउँदे अधिवेशन

बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाका १० वटा मध्ये दुई वटा मात्र स्थानीय तहले मात्र दिउँदे अधिवेशन गरेका छन् । अर आठ वटा स्थानीय तहले माघको तेस्रो सातासम्म पनि हिउँदे अधिवेशन गर्न सकेका छैनन् ।

मकवानपुरको थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाले मात्रै हिउँदे अधिवेशन गरी चालू आर्थिक बर्षको कार्यप्रगतिको समिक्षा गर्दै कानून निर्माण गर्ने र बजेटको प्रभावकारी कार्यान्वयनका लागि योजना निर्माण गरेपनि आठ वटा स्थानीय तहले भने हिउँले अधिवेशन गर्न नसकेका हुन् ।

हेटौँडा उपमहानगरपालिकासहित मनहरी, कैलाश, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाले अझैसम्म हिउँदे अधिवेसन गर्न सकेको छैन । सामान्यतया बर्षे अधिवेशन गत आर्थिक बर्षको असारमसान्तभित्र र हिउँदे अधिवेसन चालू आर्थिक बर्षको पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्था र अभ्यास रहँदै आएको छ ।

मकवानपुरमा राक्सिराङ गाउँपालिकाले मात्रै निर्धारित समयमा गाउँ सभा सम्पन्न गरेको हो । गत पुस २६ गते राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘समयसीमाभित्रै गाउँ सभा सकेर योजनाको समिक्षा, कानूनी अड्चनहरुको सुधार र बजेटको रकमान्तरसहित हामी अघि बढेका छौँ’, अध्यक्ष मल्लले भन्नुभयो । उत्तरी क्षेत्रस्थित थाहानगरपालिकाले भने माघ १७ गते नगरसभा सम्पन्न गरेको छ ।

जिल्लाकै सबैभन्दा ठूलो स्थानीय सरकारको रुपमा रहेको हेटौँडा उपमहानगरपालिकाले केही समयभित्रै नगरसभा गर्ने तयारी गरेको छ । विधेयकहरु बन्ने क्रममा रहेको र नगरसभाले पारित गर्नुपर्ने भएकाले सभा केही ढिला हुन पुगेको उपप्रमुख मीना लामाले बताइन । 

बकैया गाउँपालिकाले माघ महिनाको अन्तसम्ममा हिउँदे अधिवेशन (गाउँसभा) गर्न तयारी गरेको अध्यक्ष दामोदर खनालले बताए । मनहरी गाउँपालिकाले यसअघि देशमै पहिलोपटक बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि समय खर्च गर्नुपरेकाले सभा बस्न ढिला भएको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 

यता उत्तरीक्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकाले भने बर्षे अधिवेनबाट पारित योजनाहरुको कार्यान्वयन भइरहेको र केही समयभित्रै केही बजेट रकमान्तर गरेर बजेट कार्यान्वयनमा जानुपर्ने अबस्था रहेकाले सभा बस्न ढिलाई भएको जनाएको छ । अध्यक्ष जीवन लामाले फागुनमसान्तभित्रमा गाउँसभा आयोजना गर्नेगरी तयारी थालिएको बताए । 

कैलाश, बागमती, भीमफेदी लगायत गाउँपालिकाहरुले पनि गाउँसभाको तयारी गरिरहेको जनाएको छ । अघिल्लो आर्थिक बर्षको असार मसान्तमा भएको बर्षे अधिवेशनले बनाएका नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनमा हुने समस्याको समाधान हिउँदे अधिवेसनले गर्ने गरेको छ । स्थानीय तहहरुमा पारित बजेट कार्यान्वयनमा ढिलाई भएसँगै हिउँदे अधिवेशन पर पर धकेलिएको बताइएको छ । स्थानीय तहहरुले छिट्टै हिउँदे अधिवेशन सक्ने गरी तयारी गरिरहेको जानकारी आफूले पाएको जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले जानकारी दिए । 

-शिवकुमार काशी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)