nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका गोपालीको यस्तो छ, "मेरो देश प्राण भन्दा प्यारो छ" [भिडियो सहित]

भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी गायिका देबि बस्नेतको स्वरमा मनछुने गीत सार्वजनिक भएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको भन्दै दाबी गरिरहेको बेलो मालति डिजिटलको प्रस्तुतिमा राम गोपालिको मेरो देश प्राण भन्दा प्यारो छ गीत सार्वजनिक भएको छ ।

गीतमा गुमेका भाग हरु हामि आफ्mैले ल्याउनु पर्छ । आफ्नो देश को स्वाभिमान सबै नेपालि मिलेर बचाउ सहिदले दिएको बलिदान लाई हामिले कर्तव्यको रुपमा लिनुपर्छ जस्ता शब्दहरु समेटिएको छ ।

गीतको शब्द सिर्जना अमर लामिछाने ले गरेका छन । सल्यानि गायक तथा सर्जक बिनोद बाबु के सी को लय सिर्जनामा रहेको गीतमा सल्यानि गायिका देबि बस्नेत,सल्यानि गायक रामु खड्का,सल्यानि गायक बिनोद बाबु के सी,चर्चित गायक राम गापाली,राजेन्द्र बाजुराली,निर्मला बस्नेत र बिष्णु सुनुवारको स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार सुरबिर पण्डित (दारीबा),यादब देबकोटा (सरापे),चर्चित मोडल बिमल अधिकारी,साया भण्डारी लगाएत दर्जनौ कलाकारको अभिनय रहेको छ ।

गीत मालति डिजिटलको युटुब च्यानल बाट सार्वजानिक भएको छ । 

 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)