nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

त्रिशुलिमा बस खस्यो, ४ जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दा ४ जनाको मृत्यु भएको छ । मृतको सनाखत हुन भने बाँकी रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस आज बिहान साढे ३ बजे त्रिशुली नदिमा खसेको धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले घटनास्थलबाटै जानकारी दिनुभयो ।

बसमा कति यात्रु थिए भन्ने यकिन नभएको र अहिलेसम्म १४ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताउनुभयो ।

घटनास्थलमै रहनुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेयले भन्नुभयो, ‘बस नदीमै छ, मलङ्गवाबाट ४० जना चढेको भन्ने हामीलाई जानकारी प्राप्त भएको छ । तर कति थिए भनेर यकिन भन्न सक्ने अवस्था छैन, कोही यात्रु बाटोमा पनि चढेका हुन सक्छन्, हामी अहिले उद्धारमै केन्द्रीत भएका छौं ।’

नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । पाण्डेयले अगाडी भन्नुभयो,‘उद्धारको सबै प्रयास भइरहेको छ, आर्मी, सशस्त्रको गोताखोरको टोली, नेपाल प्रहरीको लगाएत यहाँ हामी सबै फिल्डमै छौं, हाम्रो पहिलो प्राथमिकता उद्धार हो ।’

अफ्ठयारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।

स्रोतः सि आइ एन