nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

डेढ दशकमा बालबालिका तस्करी दरमा तीन गुणा वृद्धिः राष्ट्र सङ्घ

rastra-1612321078.jpg

विश्वभर बालबालिकाको अधिकारका लागि हजारौँ संघसंस्था रहेपनि उनीहरूको अधिकार संरक्षणमा अपेक्षाकृत सुधार ल्याउन नसकिएको बाल अधिकारका लागि कार्यरत राष्ट्रसंघीय निकायले बताएका छन् ।

वितेको डेढ दशकमा विश्वभर बालबालिका तस्करी गर्ने क्रम तीन गुणाले वृद्धि भएको लागु औषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयद्वारा हालै जारी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

राष्ट्रसंघको अध्ययनले सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटनालाई सार्वजनिक गरेको छ तर वास्तविक सङ्ख्या योभन्दा अझ बढी हुनसक्ने बताइएको छ । 

बालिकाहरूलाई मुख्यतः यौनशोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसंघले जनाएको छ ।

कोरोनाभाइरस महामारीका कारण लाखौँ मानिस कामविहीन बन्न पुगेकाले र बालबालिकाहरू विद्यालय जान नपाइरहेकाले अवस्था झन् खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)