nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जहाँ, मान्छे मरेपछि लासलाई नचाउँदै रमाइलो गरिन्छ

परिवार तथा आफन्तको कुनै सदस्यको मृत्यु भएमा मानिसहरुले शोक व्यक्त गर्दछन् । संस्कार अनुसार मृतकको अन्त्येष्टि गरिन्छ र सबै अन्त्येष्टि लगायतका कार्यहरुमा रमाइलो गर्ने भन्ने कुराको गुन्जाइस हुँदैन । तर यो दुनियामा यस्ता समुदाय पनि छन् जसले परिवारको सदस्य तथा आफन्तको मृत्यु हुँदा उत्सव मनाउँछन् । उनीहरु मृतकको लासलाई कपडामा बाँधेर नचाउँछन् र आफुहरु पनि खुसी मान्दै नाचगान गर्दछन् ।

मडागास्करको आदिवासी समुदायमा झ्वाट्ट सुन्दा निर्दयी लाग्ने यस्तो परम्परा रहिआएको छ । जब कुनै मानिसको मृत्यु हुन्छ तथा परिवारका सबै सदस्य तथा आफन्तहरु नाचगान गर्न थाल्दछन् । यस्तो संस्कारलाई फमादिहाना अर्थात् अस्थिपन्जर बनाउने संस्कार भनिन्छ । आमधारणा अनुसार मृतकको शव जति छिटो अस्थिपन्जर बन्दछ उति नै छिटो उसको मुक्ति हुन्छ र नयाँ जिवनमा प्रवेश गर्दछ ।

त्यसैले चिहानमा गाडिसकेको लासलाई पनि बेलाबेलामा बाहिर निकालिन्छ र यसैगरी नचाइन्छ । लासको मासु कुहिएर अस्थिपन्जर मात्र बाँकी नरहँदासम्म यस्तो कार्य गरिन्छ र पुनः चिहानमा गाडिन्छ ।