Wednesday, 22nd July, 2026
वि.स.

जनकल्याण उच्च माविमा शुभकामना कार्यक्रम 

नेपाली हिन्दुहरुको महान पर्व शुभ दीपावली, नेपाल सम्वत् ११३७ तथा छठ पर्वको अवसरमा थाहा नगरपालिका स्थित जनकल्याण माविमा १२ कात्तिकमा शुभकामना तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।

जनकल्यण उच्च माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा नयाँ रुपमा प्रवेश गरेका विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयका प्राचार्य सानोभाई कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य सहित सागिंतिक मनोरञ्जन दिलाएका थिए । प्राचार्य कार्कीले शुभकामना दिनुहुदै विद्यार्थी भाईबहिनीहरुलाई पढाईमा पनि लाग्न शुभकामना दिनु दिए ।

वि.सं. २०७३ सालको उच्च माध्यमिक परिक्षामा कलेज उत्कृट प्रथम, द्धितिय र तृतियलाई सम्मान समेत गरेको थियो । कलेज उत्कृट प्रथम सोनु लो, द्धितिय सुमना घिसिङ र तृतिय सुमना ढकाललाई पनि कार्यक्रमको अवसरमा सम्मान गरेको गरेको छ ।

-जनक लामा/थाहानगर