nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङमा स्थापना हुने भयो प्राविधिक विश्वविद्यालय

मकवानपुरको चित्लाङमा करिब २०० रोपनी जग्गामा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी शुरु भएको जनाइएको छ । शिक्षा मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी गरेको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठानका नाममा स्थापना हुने सो विश्वविद्यालयको पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनका लागि आउँदो मङ्सिर १ देखि ३ गतेसम्म तीनदिने राष्ट्रिय कार्यशाला आयोजना हुने भएको छ । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले प्रतिष्ठानको प्राथमिकता, अध्यापन, अनुसन्धानका विषय, उत्कृष्ट प्राध्यापक तथा विद्यार्थी कसरी आकर्षित गर्ने भन्नेबारेमा विदेशी विज्ञसहितको सुझावका आधारमा अघि बढ्ने बताए । उनले प्राविधिक उच्च शिक्षातर्फ सो प्रतिष्ठानको स्थापना समृद्ध तथा समाजवादउन्मुख नेपालका लागि कोसेढुङ्गा साबित भई स्वदेशमै अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।

एडिबीका देशीय निर्देशक केनिची याकोयामाले प्रतिष्ठान स्थापनाका लागि आफूहरुले प्रारम्भमा सहयोग गर्ने र सरकार तथा अन्य दातृ निकायले यसमा थप लगानी गर्ने अपेक्षा व्यक्त गरे ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)