nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चाडपर्व केन्द्रीत सुरक्षा रणनीति तयार पार्दै मकवानपुर प्रहरी

download-1505893749.jpg

ठूला चाडपर्वहरु नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा रणनीति तयार पारेको छ । प्रहरीले नजिकिँदै गरेको वडादशैं, तिहार, नेपाल सम्वत र छठलाई लक्षित गरेर सुरक्षा रणनीति तयार पारेको खबर साझाकुरा दैनिकमा छापिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकासराज खनालका अनुसार प्रहरीले विशेषगरी राजमार्ग र बजार क्षेत्रको सुरक्षामा जोड दिँदै सुरक्षा रणनीति तयार पारेको छ । ‘पूर्वपश्चिम राजमार्ग, साना सवारी सञ्चालन हुने राजमार्ग, वित्तीय कारोबार हुने बजार क्षेत्रमा विशेष सुरक्षाको रणनीति बनाएको छ’, प्रहरी प्रमुख उपरीक्षक खनालले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न र लुटपाटको घटना हुन नदिन प्रहरी ज्यादै संवेदशनशील भएर प्रस्तुत हुनेछ । 
प्रहरीले चाडपर्व भयरहित ढंगबाट मनाउने वातावरण सिर्जना गर्ने दाबी गरेका छन् । ‘चाडपर्वको समयमा ठगी, लुटपाट, चोरी, डकैती, गुण्डागर्दी तथा झै–झगडा जस्ता क्रियाकलापमा कमी ल्याउन हामी प्रयास गर्नेछौं । गुणस्तरहीन दैनिक उपभोग्य सामानको बेचबिखन एवम् कालोबजारी जस्ता कार्य संलग्नलाई समेत पक्राउ गर्नेछौं’, उनले पूर्वपश्चिम राजमार्गमा हतियारसहित प्रहरीले सार्वजनिक सवारीमार्फत् २४ सैं घण्टा गस्ती गर्ने बताए । चाडपर्वको समयमा हुने जुवातास तथा मादक पदार्थ सेवन गरी हुने झै–झगडामा कमी ल्याउने गरी प्रहरी परिचालन हुने उनले बताए । ‘यात्रुहरुलाई कुनै हैरानी बिना गन्तव्यमा पुग्न सहजता हुने वातावरण तयार पारिनेछ’, उनले यात्राको क्रममा कुनै कठिनाइ भएको खण्डमा प्रहरीलाई तत्काल खबर गर्न समेत यात्रुहरुलाई आग्रह गरेका छन् । उनका अनुसार चाडपर्वको समयमा ४५ ठाउँमा पिकटे डिउटी, ११ वटा मोवाइल डिउटी परिचालन, २२ स्थानमा राजमार्ग सुरक्षाको लागी टोली खटिने, नियमित १९ ठाउँमा संयुक्त ट्राफिक चेकिड्ड, मन्दिर तथा पूजाआजा हुने ठाउँमा महिला सहितको डिउटी तथा विभिन्न स्थानाम कमाण्ड पोष्ट स्थापना गरी जिल्लाभरका सम्पूर्ण क्षेत्रको सुरक्षा अवस्थाको निगरानी गर्ने गरी रणनीति बनाएका  प्रहरीले जनाएको छ । 
पर्वको समयमा होटल, लज तथा शंकास्पद स्थानको तलासी लिने, नियमित गस्ती तथा पट्रोलिङको व्यवस्था बढाउने, बसपार्कमा यात्रु साहयता कक्षको व्यवस्था गर्ने, तोकिएको भन्दा बढी भाडा लिन नपाउने गरी अनुगमन गरिने प्रहरीको योजना छ । बढी भाडा लिएको पाइएमा कारवाही गर्ने, नदिजन्य पदार्थ उत्खनन्, भन्सार चोरी निकासीजस्ता कार्य हुन नदिने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, अपराधिक गतिविधि नियन्त्रण गर्ने कुकरसहितको चेकिड्ड राख्ने प्रहरीले बताएको छ । देउसी भैलो व्यवस्थित गर्न समय निर्धारण गर्ने, पटकाजन्य पदार्थ ओसारपसार विक्रि वितरण तथा पड्काउने कार्य नियन्त्रण गर्ने विजया दशमी तथा दिपावलीको समयमा विदा रहने सरकारी तथा अन्य कार्यालयहरुमा समेत निगरानी गरी सुरक्षा व्यवस्था मिलाउने प्रहरी उपरीक्षक खनालले बताए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)