nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चट्याङ लागेर मकवानपुरमा तीनजनाको मृत्यू

मकवानपुरमा चट्याङबाट तीन जनाको ज्यान गएको छ । २३ वैशाख साँझ परेको चट्याङबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ का ६० वर्षीय कृष्ण बहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ बर्षीय छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले जानकारी दिए । उनीहरु तीन जनाकै हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)