Wednesday, 26th August, 2026
वि.स.

चट्याङ लागेर मकवानपुरमा तीनजनाको मृत्यू

मकवानपुरमा चट्याङबाट तीन जनाको ज्यान गएको छ । २३ वैशाख साँझ परेको चट्याङबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ का ६० वर्षीय कृष्ण बहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ बर्षीय छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले जानकारी दिए । उनीहरु तीन जनाकै हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif