nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गायक अशोकको तामाङ दोहोरी गीत यस्तो छ (हेर्नुहोस भिडियो)

मकवानपुरका चर्चित गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको तामाङ दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

जिग्मे मिडियाको प्रस्तुति रहेको ‘बोर्ला ङाई याम्बुरी’ गीतको म्युजिक भिडियो ३१ जेठमा जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर गरी सार्वजनिक गरिएको हो । गीतमा अशोक र जस्मिनको शब्द रहेको छ । गीतको संगीत अशोकले नै तयार पारेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई सुमन रानाले रकर्डिङ गरेका हुन् । 

विश्वास नेपालको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गरेका छन् । त्यस्तै उनलाई म्युजिक भिडियोमा मोडल अनिता गोलेले साथ दिएकी छिन् ।

 भिडियो हेर्नुहोस 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)