Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

कोरोना रोकथाम गर्न बाग्मतीले खर्चियो ४८ करोड

bagmatiaaa-1603285995.jpg

बाग्मती प्रदेश सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न ४८ करोडभन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारले हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको हो ।


स्थानीय तहहरूलाई कोरोना नियन्त्रणका लागि १३ करोड ६७ लाख रुपैयाँ निकासा गरिएको छ । बाँकी ३४ करोड ६१ लाख प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न शीर्षकमा खर्च गरिएको हो । सामाजिक विकास मन्त्रालयबाट गत असार मसान्तसम्म १८ करोड ८० लाख रुपैयाँ खर्च भएको थियो । त्यसयता ३ महिनाको अवधिमा थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्थानीय तहलाई निकासा गरिएको १३ करोड ६७ लाख रुपैयाँको खर्चको अवस्थाबारे भने रिपोर्ट आइसकेको छैन ।

प्रदेशले महानगरलाई ६० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख, पालिकालाई ८ लाख र जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ लाखका दरले रकम निकासा गरेको थियो ।सरकारले ४० लाख रुपैयाँ हालेर कोरोना रोकथाम तथा नियन्त्रण कोष खडा गरेको थियो । कोषमा ४४ करोड ४० लाख रुपैयाँ जम्मा भएकामा सोही कोषबाट मात्र २९ करोड ४८ लाख खर्च भएको बाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय योजना महाशाखाका अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार कोरोना कोषमा विभिन्न निकायका पदाधिकारी र कर्मचारीले गरी २ करोड २२ लाख ४३ हजार र बैंक तथा संघ–संस्थाबाट १ करोड ९७ लाख २ हजार रुपैयाँ जम्मा भएको थियो ।

अब कोरोना कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी छ । रोग नियन्त्रण र उपचार खर्चका लागि प्रदेशले हालसम्म भरतपुरको कोरोना विशेष अस्पताललाई १ करोड, रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताललाई २० लाख, धुलिखेल अस्पताललाई २० लाख, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ३ करोड ७७ लाख रुपैयाँ निकासा गरेको थियो ।

हेटौंडा अस्पताललाई ५१ लाख, भक्तपुर अस्पताललाई ४१ लाख, धादिङ अस्पताललाई ३१ लाख, त्रिशूली अस्पताललाई ३१ लाख, सिन्धुली अस्पताललाई ३१ लाख, स्वास्थ्य निर्देशनालयलाई २७ लाख, स्वास्थ्य कार्यालय मकवानपुरलाई २२ लाख, चौतारा अस्पताललाई २१ लाख गरी विभिन्न स्वास्थ्य संस्थालाई प्रदेशले हालसम्म ९ करोड ९३ लाख रुपैयाँ निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

-पालिकाखबरबाट



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg