nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कस्तो छ साना दलको निर्वाचन तयारी ?

download-1492138661.jpg

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाइरहेका छन् । मुख्य राजनीतिक दलहरु पनि स्थानीय तहमा आफु्नो उपस्थिति बलियो बनाउन कम्मर कसेर लागेका छन् । रुपान्तरित संसद्मा प्रतिनिधित्व गर्ने साना दल पनि निर्वाचनमा होमिने तयारीमा छन् ।

केही साना दल आफ्नो माग पूरा नभएको भन्दै पहिला संविधान संशोधन गरेर माग पूरा गरेपछि मात्रै निर्वाचनमा सहभागी हुने बताइरहेका छन् । केही भने संगठन नभएको भन्दै निर्वाचनभन्दा पनि संगठन निर्माणमा सक्रिय भएर लागेका छन् ।

नेकपा मालेले निर्वाचनमा भाग लिने निर्णय गरिसके पनि कुन–कुन जिल्लामा भाग लिने भन्ने यकिन गरिसकेको छैन । नेपाल मजदुर किसान पार्टीको अवस्था पनि मालेको जस्तै छ । उसले पनि कहाँ–कहाँ निर्वाचनमा भाग लिने भनेर टुंग्याउन सकेको छैन । नेकपा संयुक्तले भने स्थानीय तह निर्वाचनमा ११ जिल्लाका स्थानीय तहका उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले ६५ जिल्लामा उम्मेदवार उठाउँदै छ भने चुरेभावर र समाजवादी जनता पार्टी तालमेलको तयारीमा छन् । १ वैशाखको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।