nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कक्षा १२ को परिक्षाको लागी पालुङ क्याम्पसमा तयारी पुरा

उत्तरी मकवानपुरको थाहा नगरमा अवस्थित पालुङ बहुमुखी  क्याम्पसमा कक्षा १२ को परिक्षाको लागी तयारी पुरा भएको छ । भोली अर्थात बैशाख १५ गते आइतबारदेखी सुरु हुने कक्षा १२ को परिक्षा केन्द्र तोकिएको पालुङ क्याम्पसले आफ्नो आन्तरिक तयारी पुरा गरेको क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए । 
पालुङ क्याम्पसमा थाहा नगर भित्र रहेका ४ वटा विद्यालयको परिक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा जनकल्याण मा वि, स्वच्छन्द भैरव मा वि, बज्रबाराही मा कि र नाटेश्वर मा वि का गरि करिब ३ सय विद्यार्थीले सो परिक्षा केन्द्रमा परिक्षा दिनेछ्न्  । भोली देखी  बिहान ८ बजेदेखि १० बजे सम्म परिक्षा सञ्चालन हुने छ । परिक्षाको समयलाई मध्यनजर गर्दै क्याम्पसले आफ्नो क्याम्पसको नियमित पढाई भने बेलुकी ४:३० देखी ६:३० बजे सम्म हुने क्याम्पस प्रमुख अधिकारीले बताए । क्याम्पसमा विगत १५ वर्ष देखी नै कक्षा १२ को परिक्षा सञ्चालन हुँदै आइरहेको छ । परिक्षाको लागी  आन्तरिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन तथा आकस्मिक स्वास्थको लागी आवस्यक प्रवन्ध मिलाएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।