nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिताको पाँच खेल सम्पन्न

मकवानपुरको थाहानगरमा संचालन भइरहेको मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिताको छनौंट चरणको पाँच खेल सम्पन्न भएको छ । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्तीको तथा दोस्रो थाहा दिवसको अवसरमा फरक सोचले प्रतियोगिताको आयोजना गरिएको हो ।  छनौंट चरणको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिर्जनशील युवाक्लबलाई पराजित गर्दै शिखरक्लब विजयी भयो भने पुपु म्हेन्दोले शिखर क्लबलाई पराजित गर्दै विजयी भएको थियो । 

त्यस्तै छनौंट चरणकै अर्को खेलमा दम्की युवा समूहलाई बागेश्वरी युवा क्लबले पराजित ग¥यो भने बज्रवाराही माविले बागेश्वरीलाई पराजित गरेको थियो । २२ पौषमा भएको प्रतियोगिताका अन्तिम खेलमा पुपु म्हेन्दोले सिर्जनशील युवाक्लबलाई पराजित गरेको छ । छनौंट चरणबाट सिर्जनशील युवाक्लब बाहिरीएको छ ।

२३ पौषको पहिलो खेल मध्यान्ह १२ बजे बज्रवाराही मावि र दम्की युवा समूहबीच हुने आयोजक फरकसोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । 

थाहा दिवसको अवसरमा फरक सोचले अहिलेसम्म थाहानगर स्तरीय अन्तर मावि वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिसकेको छ । त्यस्तै २३ पौषमा ‘थाहा’ भित्ते लेखन, २५ पौषमा खुल्ला महलिा पुरुष दौड प्रतियोगिता आयोजना गरेको छ । दौड महिलातर्फ ३ किलो मीटर र पुरुष ५ किलो मिटरको दुरीमा प्रतियोगिता हुने फरक सोचका संयोजक रायमाझीले जानकारी दिए । 

त्यस्तै पौष २६ गते विभिन्न प्रतियोगिताको पुरस्कार वितरण तथा थाहा दिवस विशेष समारोको आयोजना हुने रायमाझीले बताए । थाहा दिवसको अवसरमा विभिन्न विधामा सम्मान गरिने समेत कार्यक्रम रहेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)