Sunday, 11th April, 2021
वि.स.

उच्च तापक्रम वा तातोले गर्भ खेर जान सक्छ : अध्ययन

bm-1604643474.jpg

लन्डन : जलवायु परिवर्तनसँगै भइरहेको ‘ग्लोबल वार्मिङ’ का कारण गर्भ खेर जान सक्ने एक अध्ययनले देखाएको छ । बेलायती चिकित्सा जर्नल बीएमजेमा प्रकाशित अध्ययनका अनुसार उच्च तापक्रम वा तातोमा गर्भवती महिला बसे मृत बच्चा जन्मिने तथा समय अगावै जन्मिने सम्भावना बढी देखिएको हो । 

अनुसन्धानकर्ताले गरिबी भोगिरहेका, उष्ण क्षेत्रमा बसोबास गर्ने महिला तथा बढिरहेको विश्व तापमानले महिलाको गर्भ खेर जाने सम्भावना रहेको बताएका छन् । बारम्बार ‘लू’ जस्ता तातो हावाले भेट्टाएका गर्भवती महिलाको गर्भ खेर जाने सम्भावना रहेको अध्ययनमा भनिएको छ ।
यसैगरी प्रदूषण लगायतका अन्य कारणले पनि मृत बच्चा जन्मिने तथा समय अगावै बच्चा जन्मिने समस्या हुने बताइएको छ । हरेक वर्ष १ करोड ५० लाख बच्चा समय अगावै जन्मिएर ५ वर्ष नपुग्दै मर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को तथ्यांक रहेको छ । यस्तो मृत्युदर विकासोन्मुख मुलुक विशेषगरी अफ्रिकामा केन्द्रित छ ।

गर्भावस्थामा उच्च तापक्रमको असरको परिणाम थाहा पाउन म्याथ्यू चेर्सिच नेतृत्वको अनुसन्धान समूहले २७ मुलुकका गर्भवतीको अध्ययन गरेको थियो । ती मुलुकलाई धनी, मध्यम र गरिब गरी तीन वर्गमा छुट्याइएको थियो । जसलाई ७० भागमा बाँडेर अध्ययन गरिएको थियो ।
अध्ययन गरिएकामध्ये ४७ वटा अध्ययनमा ४० वटा उच्च तापक्रमका कारण समय अगावै जन्मिएको पाइएको छ । नयाँ अध्ययनअनुसार १ डिग्री सेल्सियलसले बढेको तापक्रमका कारण ५ प्रतिशत बच्चा समय अगावै जन्मिएको पाइयो । त्यस्तै तातो हावा वा ‘लू’ चलेको बेला १६ प्रतिशतले यस्तो बच्चाको जन्म बढेको पाइयो ।

पछिल्लो शताब्दीमा ‘ग्लोबल वार्मिङ’ १ डिग्री सेल्सियसले बढेको छ । तर वातावरणसँग सम्बन्धित संस्थाहरूका अनुसार उष्णीय क्षेत्रमा असाधारण रूपमा तापक्रम बढ्ने बताएका छन् ।

सीजीटीएन । 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)