nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा प्याराग्लाइडिङका लागि लगानीकर्ताको खोजी

बागमती प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रको सूचिमा रहेको मकवानपुरस्थित मानव निर्मित इन्द्रसरोवर ताल परिसरमा प्याराग्लाइडिङका लागि निजी क्षेत्रको खोजी गरिएको छ ।

अँग्रेजी नयाँ वर्षको अवसर पारेर सफल परीक्षण सम्पन्न गरिएको प्याराग्लाइडिङका लागि निजी कम्पनीहरुले अग्रसरता लिएमात्रै सम्भव हुने इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुहुन्छ ।
स्थानीय सरकारको तर्फबाट प्याराग्लाइडिङ सञ्चालन गर्न तत्कालका लागि असम्भव रहेकाले निजी क्षेत्रलाई नीतिगत र व्यवहारिक रुपमा सहयोग गर्न गाउँपालिका तयार रहेको उहाँले जानकारी दिनुभयो ।

‘निजी कम्पनीहरुले ठोस योजना ल्याएमा हामीले कानूनी अड्चन हटाउनेसँगै अन्य व्यवस्थापकीय भूमिका निर्वाह गथ्र्याैं’, अध्यक्ष लामाले भन्नुभयो ।
इन्द्रसरोवर तालबाट पाँचसय मिटर उचार्इंमा रहेको गुम्बाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । स्थानीय विशाल लामा, पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दाबा शेर्पाले प्याराग्लाइडिङको सफल परीक्षण गर्नुभएको थियो । परीक्षण उडानको अवलोकन वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसहितले गर्नुभएको थियो ।

प्याराग्लाइडिङको सफल उडान भएपछि केही कम्पनीहरुले कुरा गरे पनि ठोस प्रस्ताव नआएकाले अन्यौलता छाएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । उहाँले काठमाडौँबाट नजिकै रहेको इन्द्रसरोबर क्षेत्रमा शुक्रबार र शनिबार पर्यटकको भीड लाग्ने भएकाले दुईदिने पर्यटन प्याकेज बनाएर अघि बढ्ने र त्यसैमा प्याराग्लाइडिङ पनि थप्ने गरी योजना बनाइएको बताउनुभयो ।

इन्द्रसरोबर तालको बीचमा रहेको टापूमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक पहिचानसहितको भौतिक संरचनाहरु निर्माण गर्ने गरी वागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिपिआर तयारी पारिरहेको बताइएको छ ।
पर्यटकीय क्षेत्रमा इन्द्रसरोबर तालमा एक दिवसीय भ्रमणसहित हरेक महिना आठहजार मानिस डुङ्गा खियाउन आउने गरेको बताइएको छ ।

शिवकुमार काशी, गोरखापत्र अनलाईनबाट ।