Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा जनजाती महासंघ

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा  नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ गठन भएको छ । १७ भाद्रमा सम्पन्न भएको प्रथम गाउँ अधिवेशनले पुस्कल गोले सागरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ गठन गरेको हो ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी सदस्य एवम् इन्द्रसरोवर इन्चार्ज धनबीर स्याङ्तानको अध्यक्षता ,नेकपा एमाले प्रदेश नं ३ प्रदेश कमिटी सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यता एवम् नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय सदस्य मीना लामाको विशेष आतिथ्यतामा सम्पन्न प्रथम गाउँ अधिवेशनले सागरको नेतृत्वमा १६ सदस्यीय कमिटी निर्माण गरेको हो ।

कमिटीको उपाध्यक्षमा देवमाया बलामी, सचिब रबिन लामा सहसचिब रमेश तितुङ र कोषाध्यक्षमा लक्ष्मीकुमारी रूम्बा रहेका छन् । यस्तै सदस्यहरूमा झमकलाल बलामी, मणिराज थापा, होमबहादुर थापा, बालकृष्ण बल, सबिता नगरकोटी, बिष्णु महर्जन, भरत वाइबा, दुर्गावती थोकर, भीमबहादुर स्याङतान, मनकला स्याङ्तान र रत्न थापा मगर रहेका छन् । 

 यस्तैै १७ भाद्रमै सम्पन्न लोकतान्त्रिक तामाङ संघ इन्द्रसरोवर गाउँ कमिटीको अधिवेशनले बुद्ध लामाको अध्यक्षतामा नयाँ  कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा रश्मीमाया लामा , सचिब राजु लामा, सहसचिवमा लक्ष्मी थिङ, कोषाध्यक्षमा रस्मिला घिसिङ, निवार्चित भएका छन् । त्यस्तै  सदस्यहरूमा रबिन लामा, दीर्घबहादुर लामा, इमान लो, मानबहादुर स्याङ्तान, कृष्ण लामा, प्रेम पाख्रिन, सुनिता बल, दिलबहादुर वाइवा, उदय घिसिङ र कान्छी गोले चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले इन्द्रसरोवर संगठन कमिटी संयोजक एवम् जिल्ला कमिटी सदस्य डिके पुडासैनी, नेकपा एमाले इन्द्रसरोवर संगठन कमिटी उपसंयोजक एवम् नेकपा एमाले क्षेत्रीय उपाध्यक्ष जीवन लामा, नेकपा एमाले इन्द्रसरोवर संगठन कमिटी सचिवालय सदस्य उमा लामा , लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हेटौंडा उपमहानगर १० नं. वडाको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ ।

महासंघका उपमहानगर कमिटी अध्यक्ष सुरेशकुमार लामाको सभाध्यक्षता तथा  नेकपा एमाले ३ न.प्रदेश कमिटी सदस्य एवम् नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रिय सदस्य फुर्वा दोर्जे लामा , एमाले जिल्ला कमिटी सदस्य इन्द्रप्रसाद नेपाल लगायतको उपस्थितिमा भएको कार्यक्रमबाट रमेशरत्न स्थापितको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको महासंघ हेटौंडा उपमहानगर कमिटी का सहसचिब कुमार रुम्बाले बताए ।