Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी

Lal-1542682265.jpg

सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ । ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पण्डितले कर्मचारीलाई आफ्नो जिम्मेवारी बोध गर्न सुझाव दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी जान आलटाल गरिहेका बेला दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिए। मन्त्री पण्डितले पछिल्लो दिन सरकारले तोकिएको कार्य क्षेत्रमा गएर काम नगर्न कर्मचारीहरूलाई तत्काल कार्यक्षेत्रमा जान निर्देशन दिए ।

कर्मचारीहरुको काठमाडौं मोह बढेको भन्दै ‘कर्म एकातिर, चाहार्ने अर्कोतिर’ गरेको प्रति असन्तुष्टि जनाए । उनले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरूको मुलुकलाई आवश्यक नभएको चेतावनी दिए ।

देशको सेवा गर्छु भनेर सरकारी सेवामा आउने कर्मचारीहरुमा सेवा भाव हराएको भन्दै कर्मचारीहरूले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg