nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

corona-vaccine-civil-hosp-1614564003.jpg

कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला ?

खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला ? खोपलाई स्वेच्छाको विषय मात्र बनाउँदा यसले महामारी नियन्त्रणलाई के प्रभाव पार्ला भन्नेमा मात्र होइन, विश्वभरि चासो छ । नेपालमा खोप लगाइसकेपछि खोप सर्टिफिकेट दिने भनिएको छ तर अन्यत्रजस्तो खोप लगाएका व्यक्तिको जानकारीसहित मोबाइल एपको विकास गरिएको छैन ।

अन्तर्राष्ट्रियरुपमा सर्वमान्य विधि तथा मापदण्ड नभए पनि केही देशले कोरानविरुद्ध खोप लगाएको प्रमाणपत्रको तयारी गरिसकेका छन् । डेनमार्क र स्विडेन भ्याक्सिन पासपोर्टको रुपमा चिनिने डिजिटल भ्याक्सिन सर्टिफिकेट प्रणाली सुरु गर्न अन्तिम तयारीमा छन् । खोप लगाएको प्रमाण आवश्यक हुने देशमा यात्रा गर्दा तथा स्वेदशमै यात्रा गर्दा यो प्रमाणपत्र उपलब्ध गराइनेछ ।

-नागरिक दैनिक



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)