nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली

KP_Sharma_Oli_AP-1615945964.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ ।

माओवादीका साथीहरु अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी पनि छ । प्रचण्ड गुट पनि मिल्छ भने ठिकै छ । निर्वाचन आयोगले १५ दिनको समय दिएकै छ । तर, अब हिजोको जस्तो एकता हुँदैन । किनभने गलत आधारमा र गलत तरिकाले वा गलत शक्ति दिएर एकता गर्यो भने त्यसको परिणाम राम्रो आउँदो रहनेछ भन्ने मैले देखिसकेँ । उपयुक्त आधारमा एकता हुन्छ भने ठीक छ ।’

उनले थपे, ‘उनीहरुले माने भने सम्भावना हुन्छ । सबैले स्पष्ट के बुझे हुन्छ भने अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ । अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखेँ । बहुमत बनाइदिएँ उनीहरुको मैले । एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ । त्यो उहाँहरुले मान्नुभएन । बहुमत हुनेबित्तिकै उहाँहरु छुरी लिएर रेट्न थाल्नुभयो । मेरो त हातखुट्टा समाइहाल्नुभयो । रेटिएर मारिन मान्छन् कि मार हान्छौँ छ्याम्म पारेर, त्यो चाहिँ मान्छन्, लु रोज भन्न थाल्नुभयो । मैले रेटिन पनि मञ्जुर छैन, मार खान पनि मञ्जुर छैन भनिदिएँ ।’


-अन्नपूर्ण पोष्ट दैनिक