nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

अफवाह: सहरमा छोडिए आठ सय बाघ र सिंह

singa2-1584930029.jpg

 रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना महामारी कोभिड १९ को संक्रमणबाट नागरिकहरुलाई बचाउन सहरमा ८ सयको संख्यामा सिंह र बाघहरु छोडेको केही अन्तर्राष्ट्रिय मिडियाहरुले अफवाह फैलाएका छन् ।

ती मिडियाका अनुसार राष्ट्रपति पुटिनले नागरिकहरुलाई घरमा राख्नको लागि सिंह र बाघहरू सहरमा छोडेको बताएका हुन् । तस्विरमा सिंह रातको समयमा क्रसरोडमा देखिन्छ भने सडकको छेउमा पार्क गरिएका धेरै कारहरू पनि देखिएका छन् ।

तर कतिपयले यसलाई अफवाहका रूपमा लिएका छन् र फोटो रुसको नभएर दक्षिण अफ्रिकामा खिचिएकाे फोटो सन् २०१६ को भएकाे बताएका छन् । सडकमा देखिएको सिंह सुटिङको लागि छाडिएको पाल्तु सिंह भएकाे र यसकाे नाम कोलम्बस रहेकाे उनीहरूकाे तर्क छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)