nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अध्यादेशबाट ओली किन हटे पछि ? यी हुन् तीन कारण

KP-1608171982.jpg

अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै अर्थात बुधबार नै पछि हट्न बाध्य भएका छन् । बुधबार स्थायी समिति बैठकका लागि निर्धारित समय १ बजेका लागि नेकपाका नेताहरु बालुवाटार पुगिसकेका थिए । यो बैठकमा अध्यादेशका सवाललाई लिएर नेताहरुले ओलीको उछितो काढ्ने तयारी गरिसकेका थिए । 

त्यो भन्दाअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा अध्यादेश फिर्ता नगर्ने अडान राखेका थिए । तर ह अन्तिममा आएर प्रधानमन्त्री ओली पछि हट्नुमा तीनवटा मुख्य कारण रहेको सो पार्टीका केही नेताहरुले अनौपचारिक कुराकानीका क्रममा बताएका छन् । 

ओली निकट मानिने ती नेताका अनुसार पहिलो, अध्यादेशको संवैधनिक पुष्टि हुन नसक्ने अवस्था थियो । दोस्रो चोतर्फी विरोध र आलोचना बढ्ने खतरा देखियो । तेस्रो अध्यादेशले संशाेधन गरेका प्रावधानका आधारमा बसेकाे बैठकबाट नियुक्तिहरु गरिए पनि संसदीय सुनुवाइले तिनलाई अनुमोदन नगर्ने निश्चित थियो । यी तीन कारणहरुले गर्दा प्रम ओली पछि हट्न बाध्य भएका हुन् ।

त्यसका साथै अध्यादेशविरुद्ध ८३ जनाले सांसदले हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै राष्ट्पतिसमक्ष समावेदन गर्न पुगे । प्रम ओलीले स्थिति यो ढंगले अगाडि बढ्ला भन्ने साेचकै थिएनन् । घटनाक्रम साेचेभन्दा फरक ढंगले अगाडि बढ्ने र आफूले गरेको निर्णय आफैलाई बुमर्‍याङ हुने  देखेपछि प्रम ओली थप गल्न बाध्य भएका हुन् । 

‘विशेष अधिबेशन बोलाउनुपर्ने बाध्यता पनि थियो’, ओली निकटकै एक स्थायी समिति सदस्य भन्छन्, ‘यसरी अधिवेसन बोलाएपछि त्यहाँ समेत चर्को विरोध हुने स्पस्ट थियो । अर्कोतिर लगत्तै नियमित अधिवेसन समेत सुरु गर्नुपर्ने भएकाले संसदले समेत अध्यादेश फेल गराउने देखेर नै उहाँ (ओली) लचक हुनुभएको हो ।' ती नेताले ओली लचक भएको भनेपनि ओली पछि हट्न बाध्य भएका हुन् ।

 जव प्रचण्ड उठे... 

अध्यादेश फिर्ता लिन कार्यकारी अध्यक्ष प्रचण्डले पटक पटक गरेको आग्रहमा नलिने अड्डि कसेका ओली अध्यादेशको विपक्षमा पुग्न निकैबेर गलेनन् । त्यस क्रममा ओलीले प्रचण्डलाई आफुसँग मिल्न आग्रह समेत गरेका थिए ।

 ‘हामी मिल्यौ भने सबैले जितिन्छ । तपाई पनि प्रतिवेदन फिर्ता गर्नुस्, म अध्यादेश फिर्ता गर्छु’सीमित नेताहरुमाझ ओलीले आफ्ना समकक्षी, पार्ठीका कार्यकारी अध्यक्ष प्रचण्ड सामु राखेका साे प्रस्तावको बारेमा जानकारी दिँदै श्रोतले रातोपाटीलाई भन्यो । तर प्रचण्डले प्रतिवेदन कुनै हालतमा फिर्ता नहुने अडान दोहोर्‍याएका थिए । 

‘प्रतिवेदन फिर्ता हुँदैन । तपाई यही ढंगले बढ्नुहुन्छ भने अव बैठक सञ्चालन हुन्छ र आवश्यक निर्णय गर्छ’ भन्दै प्रचण्ड उठेर बैठकस्थलतर्फ लागे । प्रचण्ड उठेर हिँडेपछि अव दुर्घटना हुने भो भन्दै महासचिव विष्णु पौडेलले ओलीसँग केही मन्त्रणा गरेको स्रोतले बतायो ।

त्यसपछि तत्काललै पौडेलले प्रचण्डलाई पुनः बोलाए । पौडेलले पुनः बोलाएपछि प्रचण्ड ‘फाइनल कुरा गर्ने भए ठीकै छ’ भनेर पुनः सम्वादमा बस्न गए । त्यसपछि मात्रै ओली अध्यादेश फिर्ता लिन तयार भएका थिए । ‘ल त्यसोभए म अध्यादेश फिर्ता लिन्छु, तपाइहरु पनि संसद बैठकको माग गरेर समावेदन गर्न जुटाएको निवेदन र हस्ताक्षर फिर्ता लिनुस्’, ओली पछि हट्दै ‘कम्प्रोमाइज’मा आएको एक नेताले बताए । 

त्यसपछि ‘ल अहिले यो गरौ, बाँकी विवाद र छलफल बैठकबाटै निर्णय गरौ’ भन्ने प्रचण्डको प्रस्ताव ओली सहमत भए । 

‘त्यसपछि मात्रै दुवै अध्यक्ष स्थायी समिति बैठक प्रवेश गरेर सहमतिका सम्भावनाबारे अन्य सदस्यहरु माझ धारणा राखेका हुन’, ती नेताले बालुवाटारको कसरत सुनाउँदै भने, ‘नत्र त दुर्घटना नै हुन लागेको थियो ।’

ओली असफल, राष्ट्रपति विवादमा

निकै ठुलो रस्साकस्सीपछि स्थायी समितिले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न बाध्य बनायो । बुधबारको निर्णयले ओली एकलौटी हिँड्न खोजे उनी असफल हुन्छन् भन्ने  स्पस्ट सन्देश दिएको छ । जुन विषयमा ओली पहिला पनि असफल भइसकेका हुन् । 

बैशाखमै यो प्रयासमा असफल भएका उनले यो पटक पनि दोस्रो हार खानुपरेको छ । ओलीसँगै बुधबारको नेकपाको निर्णयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि थप विवादमा तानेको छ । 

‘अध्यादेश लाने बित्तिकै हस्ताक्षर गर्ने तर संवैधानिक व्यवस्थाअनुसार ८३ सांसदले अधिवेशन बोलाउन जाँदा सुनुवाई नै नगर्ने यो शैलीबाट राष्ट्रपति कसको ईशारामा चल्छिन् भन्ने उदाङ्गो भएको छ,’ एक सचिवालय सदस्यले टिप्पणी गरे ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)