nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘विजय युथ' हेटौंडा गोल्डकप सुरु

ht-1611899491.jpg

 हेटौंडामा शुक्रबारबाट ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

शुक्रबारबाट हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा सुरु हुने खेलको तयारी पुरा भएको आयोजक विजय युथ क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । उनले शुक्रबारबाट सुरु हुने गोल्डकपको उद्घाटन खेल मकवानपुर-११ र सेन्ट्रल कलेज विएसी भरतपुर बिच हुने बताए । उनले शुक्रबार उद्घाटन खेल दिउँसो ३ बजे हुने जानकारी दिए । प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । खेल मैदान प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपँया टिकट राखिएको समेत आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)