nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

३८ वर्षीय यी युवक, जसले १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरे

काठमाण्डाै । पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीमाथि लगातार बलात्कारमा संलग्न एक सिरियल रेपिस्टलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। सोधपुछका क्रममा आरोपीले आफूमाथिको आरोप स्वीकार गर्दै पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन्।

बलात्कार आरोपी सुनिल रस्तोगीको दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा पठाएको छ । उनले किशोरीहरुलाई कुनै वस्तु दिनका लागि बाबुआमाले पठाएको भन्दै फसाउँदै गर्ने गरेका थिए। एक अधिकारी ओमवीर सिंहले उनले नाबालिग युवतीलाई निशाना बनाउने गरेको बताएका छन्।

जब कुनै बालिका स्कुलबाट घर जाने आउने गरेको देखेपछि तिनीहरुलाई बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने गर्दथे। आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको मुद्धा छ । ३८ वर्षीय आरोपी ३ छोरी र २ छोराका बाबु हुन्। अाजकाे राजधानी दैनिकमा खबर छ ।