Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

हेटौंडामा असोज १७ बाट फुटबल हुने

हेटौँडामा विजया दशमीको अवसरमा सेभेर ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ नगर कमिटी हेटौँडाको आयोजनामा यहि असोज १७ गतेबाट सेभेन ए साईड फुटबल हुने भएको हो ।  कर्रा खोलाको सिमाना वडा नं ४, ८, ९ र १० तथा युवा संघ जिल्ला कमिटी, नेपाल खेलकुद महासंघ जिल्ला कमिटी र आयोजक गरी १० वटा टिमले प्रतियोगितामा सहभागिता जनाउने नगर अध्यक्ष टिका लामाले जानकारुी दिए । 
प्रतियोगिताको विजयी टिमलाई २० किलो खसी, शिल्ड मेडल तथा प्रमाणपत्र तथा उपविजेतालाई १५ किलोको खसी, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको बताइएको छ । 
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला फुटवल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाई तथा महासंघका जिल्ला सचिव प्रताप लामा, सचिवालय सदस्यहरु युवराज लामा सहितको सहभागिता रहेको थियो । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg