Friday, 24th September, 2021
वि.स.
.-1624118193.jpg

हेटौँडामा दुई लाख ५० हजार पुरस्कार राशीकाे अन्तरशहर बुद्धिचाल प्रतियोगिता

buddhichal-1616549019.png

बागमती प्रदेशको राजधानी हेटौँडामा ११ चैत्रदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो  । 

स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ शहरले सहभागिता जनाएको आयोजक संस्था मकवानपुर बुद्धिचाल सङ्घले जनाएको छ । प्रत्येक टोलीमा चार जना नियमित खेलाडी तथा एक जना वैकल्पिक खेलाडी र एक जना व्यवस्थापक गरी ६ जनाको सहभागी रहने जनाइएको छ । 

सहभागी टोलीले अनिवार्यरूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहको खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा महिलालाई समेत सहभागी गराइने तथा १६ वर्ष मुनिका खेलाडीलाई समावेश गराई प्रतियोगितामा फरकपन दिने आयोजकको भनाइ छ  । 

प्रतियोगिता यही चैत १४ गते शनिबारसम्म चल्ने  आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो स्थान हुनेले रु ५० हजार तथा चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु ३० हजार र रु २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

jhamka-1624645162.jpg
ict-nepal-1625344508.gif
corona_ad-1626692113.gif
thah-COO-1587359073.png
balsram-1625416970.jpg
IMG_20210817_182710-1629204149.jpg
239373963_289010124458427-1629544843.jpg


thaha-ad1-1629699206.jpg

thaha-ad2-1629699300.jpg
thaha-ad3-1629699344.jpg
thaha-ad4-1629699560.jpg
thaha-ad5-1629699604.jpg