Monday, 6th February, 2023
वि.स.

स्थानीय तह सहिद स्मृति मकवानपुर फुटबल प्रतियोगिता फागुनमा गर्ने तयारी

323346430_486886480259360-1672657437.jpg

पाँचौ स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता आउँदो फागुन महिनामा हेटौंडामा हुने भएको छ । फागुन महिनाको दोस्रो सातामा हेटौंडामा फुटवल प्रतियोगिता गर्ने तयारी थालिएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आज जिल्ला खेलकुद विकास समितिमा पत्रकार सम्मेलन गर्दै आउँदो फागुन महिनामा फुटबल प्रतियोगिता गर्न लागेको जानकारी गराइएको हो ।

यसअघि सम्पन्न फुटबल प्रतियोगितामा एक करोड ३१ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको प्रतियोगितामा चौथो संस्करणमा जम्मा खर्च भने एक करोड ९ लाख ७६ हजार रुपैयाँ गरेको फुटबल प्रतियोगिताका संयोजक प्रताप विष्टल े जानकारी दिनुभयो । चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको छ । प्रतियोगिता आयोजनाका लागि मकवानपुरका स्थानीय तहहरुले मात्रै झण्डै ६० लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बबाट ४१ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २४ लाख १६ हजार रुपैयाँ, ८ वटा गाउँपालिकाहरुबाट ३३ लाख ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि ६ लाख ९८ हजार रुपैयाँ मूल्यको बुलेट मोटरसाइकल हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना गरिएको प्रतियोगितामा टिकटबाट मात्रै २२ लाख रुपैयाँ आम्दानी भएको बताइएको छ । दोस्रो संस्करणदेखि चौथो संस्करणसम्म प्रतियोगिता आयोजक समितिको संयोजकको भूमिका निर्वाह गर्नुभएका प्रताप विष्टले आगामी दिनमा संयोजक नबस्ने घोषणा गर्नुभएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)