nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिन्धुपाल्चोकमा कोरोना भाइरस देखिएको छैन : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

जुगल गाउँपालिकाको गुम्बामा देखिएको समस्या कोरोना नभई मौसमी रुघाखोकी भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। उनले भने, ‘सिन्धुपाल्चोकमा देखिएको बिरामीमा कोरोना होइन, मौसमी रुघाखोकी हो। गलत सन्देशले भ्रम मात्र फैलियो।’ बिरामीको उपचार र रोगबारे अध्ययनका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चाकको टोलीलाई खटाइएको उनले बताए। 

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताएका छन्। उनले गुम्बामा देखिएको भाइरल रुघाखोकी र ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मीको टोली पुगिसकेको भन्दै संयमता अपनाउन आग्रह गरेका छन्। बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोलीले बुधबार नै त्यहाँबाट थप परीक्षणको लागि नमुना संकलन गरी ल्याउने उनले जानकारी दिए।

जुगल गाउँपालिकामा देखिएको समस्या कोरोना नभई मौसमी रुघाखोकी मात्र भएको जिल्ला स्वास्थ्य कार्यालयले पनि जनाएको छ। त्यहाँ देखिएका बिरामीमा कुनै पनि गम्भीर खालको समस्या नदेखिएको कार्यालयका प्रमुख दुर्गादत्त चापागार्इंले जानकारी दिए। 

उनले भने, ‘चीनबाट फर्किएको या फर्किएका कोही व्यक्तिसँग कसैको सम्पर्क भएको छ की भनेर सोधखोज ग¥यौं तर त्यस्तो केही पनि भेटिएन। त्यसैले यो कोरोना होइन, मौसमी रुघाखोकी हो।’

मौसमी रुघाखोकी भएकाले औषधि खाने बिरामी निको हुँदै गएको उनले बताए। ‘मौसमी रुघाखोकी मात्र हो। औषधि खाने बिरामीहरु निको हुँदै गएका छन्,’ उनले भने, ‘गम्भीर खालका बिरामी अहिलेसम्म देखिएको छैन।’ 

बिरामीको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट स्वास्थ्यकर्मीको टोली खटिएको उनले बताए। कोरोना भाइरस नभए पनि यकिनका लागि अध्ययन गर्न थप टोली त्यहाँ पठाउने तयारी भएको उनले जानकारी दिए। 

यही माघ २३ गतेदेखि गुम्बामा मौसमी रुघाखोकीको समस्या बढ्दै गएको कार्यालयले जनाएको छ। मौसमी रुघाखोकीका कारण त्यहाँ हालसम्म १ सय ५९ जना बिरामी भएको चापागाईंले जानकारी दिए।  

जुगल गाउँपालिकाले कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरेको थियो। गाउँपालिकाको उक्त पत्राचारपछि कोरोना भाइरसको त्रास बढेको हो। 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)