Monday, 21st September, 2026
वि.स.

व्याडमिन्टन प्रतियोगिताको फाइनलमा थाहा नगरपालिका र ॐ नमः शिवाय

Arun-1609944685.jpg

मकवानपुर थाहा नगरस्तरीय दोस्रो उपमेयर कप व्याडमिन्टन प्रतियोगितामा थाहा नगरपालिका ‘सी’ र ॐ नमः शिवाय टिम फाइनलमा पुगेका छन् । 

२२ पुसमा सम्पन्न खेलमा थाहा नगरपालिका ‘सी’ ले ओम नमो नम ट्रेडर्सलाई र ॐ नमः शिवायले थाहा नगरपालिका ‘बी’ लाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् । त्यस्तै २३ पुसमै तेस्रो  स्थानका लागि थाहा नगरपालिका ‘बी’ र ओम नमो नम ट्रेडर्स भिड्दै छन् । 

विजेताहरुलाई थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मोत्सवको अवसरमा २६ पुसमा पुरस्कार वितरण तथा थाहा दिवस समारोह आयोजना गरिने प्रतियोगिताको संयोजन गरिरहेको फरक सोचका संयोजक यादबजंग रायमाझीले बताए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif