nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

व्याडमिन्टन प्रतियोगिताको फाइनलमा थाहा नगरपालिका र ॐ नमः शिवाय

Arun-1609944685.jpg

मकवानपुर थाहा नगरस्तरीय दोस्रो उपमेयर कप व्याडमिन्टन प्रतियोगितामा थाहा नगरपालिका ‘सी’ र ॐ नमः शिवाय टिम फाइनलमा पुगेका छन् । 

२२ पुसमा सम्पन्न खेलमा थाहा नगरपालिका ‘सी’ ले ओम नमो नम ट्रेडर्सलाई र ॐ नमः शिवायले थाहा नगरपालिका ‘बी’ लाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् । त्यस्तै २३ पुसमै तेस्रो  स्थानका लागि थाहा नगरपालिका ‘बी’ र ओम नमो नम ट्रेडर्स भिड्दै छन् । 

विजेताहरुलाई थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मोत्सवको अवसरमा २६ पुसमा पुरस्कार वितरण तथा थाहा दिवस समारोह आयोजना गरिने प्रतियोगिताको संयोजन गरिरहेको फरक सोचका संयोजक यादबजंग रायमाझीले बताए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)