nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विनयबाबु स्मृति जिल्ला भलिवलमा आमभञ्याङले बाजी मा¥यो(फोटोफिचरसहित)

shield-2-copy-1636117851.jpg

बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको  बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा आमभञ्ज्याङ युवा क्लबले बाजी मारेको छ । १९ कात्तिकमा भएको फाइनलमा आयोजकलाई हराउँदै आमभञ्ज्याङ युवा क्लबले जित हात पारेको हो । 

आमभञ्ज्याङका खेलाडीहरुले पालिका अध्यक्ष बिदुर हुमागाईको हौसलासाथ खेलेका थिए । खेलाडीहरुलाई हौसला प्रदान गर्न अध्यक्ष हुमागाई थाहा नगर आएर दिनभर बसेका थिए । 

खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई  २५–१८, २६–२४, १५–२५, २७– २५ को सेटमा पराजित ग¥यो । विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि नेकपा एमाले थाहा नगरकमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले पुरस्कार तथा शिल्ड प्रदान गरे ।

उपाधी जितेर आमभन्ज्याङ युवा क्लबले  ५१ हजार ५१ रुपैयाँ र  बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ रुपैयाँ नगद हात पा¥यो । सोही अवसरमा खेलाडीहरुलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरियो । प्रतियोगितामा  उत्कृष्ट खेलाडी  आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले थाहा नगरपालिकाले खेलाडी उत्पादन र व्यवस्थापनमा कन्जुस्याइ गरेको आरोप लगाए । उनले गत वर्ष कोरोनाको कारण देखाउँदै नगरपालिकाले विनयबाबु स्मृति भलिवल आयोजना गर्न नदिएको तर थाहामै अन्तरजिल्ला फुटबल आयोजना गरेर नगरप्रमुख आफै प्रमुख अतिथि बन्न गएको बताए ।

मन्तव्य व्यक्त गर्दै गढी गाउँपालिकाका अध्यक्ष हुमागाईले विजयी खेलाडीहरुलाई गाउँपालिकाको तर्फबाट यथोचित पुरस्कार दिने घोषणा गरे । 

सोही अवसरमा बोल्दै जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीले खेलाडीहरुको दैनिक जीवन सहज बनाउनेतर्फ पनि सोच्नु पर्ने धारणा राखे । उनलाई भलिवल खेलको क्षेत्रमा २०३४ सालदेखि लागेको र निरन्तर खेल्दै आएको भन्द आयोजकले दोसल्ला र सम्मानपत्र सहित सम्मानसमेत गरेको छ । 

समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजक समितिका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)