nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत प्राधिकरण पालुङका प्रमुख अधिकारी ब्याडमिन्टनमा बागमती प्रदेश च्याम्पियन

IMG_20210806_183919-1628254505.jpg

नेपाल विद्युत प्राधिकरणको ३६ औ बार्षिक उत्सवको अवसरमा बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले आयोजना गरेकाे  ब्याडमिन्टन प्रतियोगितामा पालुङ वितरण केन्द्रका प्रमुख विनाेद अधिकारी प्रथम भएका छन् । 

प्रतियोगिताको पुरुष तर्फकोे एकल खेलमा पालुङ वितरण केन्द्रका विनोद अधिकारी प्रथम भएका हुन् । प्रतियाेगितामा कुलेखानी तेस्रोका नारायण बखरेल दोस्रो र रत्ननगर टाँडी वितरण केन्द्रका भोजराज बराल तेस्रो भए ।

बागमती प्रदेश डिभिजन अन्तरगत नेपाल विद्युत प्राधिकरणका विभिन्न कार्यालयको सहभागितामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा बिभिन्न कार्यालयका २७ टिमको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगिताका संयोजक ईन्जिनियर प्रितमराज विष्टले बताए ।

प्रतियोगिताको महिला तर्फ डिभिजन कार्यालयका शर्मिला राना प्रथम, भरतपुर वितरण केन्द्रका संगिता शर्मा दोस्रो र रत्ननगर टाँडी वितरण केन्द्रका देवी कोइराला तेस्रो भएका छन्  ।

पुरुष डवल प्रतियोगितातर्फ कुलेखानी तेस्रो जलविद्युत केन्द्रका २ टिम प्रथम र दोस्रो ,कुलेखानी प्रथम जलविद्युत केन्द्रका टिम तेस्रो भएको प्रतियोगिताका संयोजक विष्टले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)